Sagun Khabar
डडेल्धुराको आलितालमा लालपूर्जा वितरण शुरु 

डडेल्धुरा –डडेल्धुराको आलिताल गाउँपालिकाबाट पहिलो पटक लालपूर्जा वितरण सुरु गरिएको छ ।बुधबार आलिताल गाउँपालिका–८ बाट लालपुर्जा वितरण सुरु गरिएको राष्ट्रिय भूमि आयोग डडेल्धुराका अध्यक्ष शेरबहादुर भण्डारीले जानकारी दिए । 

उनका अनुसार २१ परिवार सुकुम्बासीलाई लालपूर्जा वितरण गरिएको हो । आलिताल गाउँपालिकाका १९ सय भूमिहीन र अव्यवस्थित बसोबास भएका घरपरिवारले आयोगमा निवेदन दिएको उनले बताए ।
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update