Sagun Khabar
डडेल्धुरामा भीरबाट लडेर एक महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–५ परिगाउँकी २६ वर्षीया डम्बरीदेवी धामीको भीरबाट लडेर मृत्यु भएको  इलाका प्रहरी कार्यालय, जोगबुढाले जनाएको छ ।

मंगलबार बिहान घाँस काट्ने क्रमम गड्बड्यानी भीरबाट लडेर धामीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडूले जानकारी दिए ।

भीरबाट लडेर एक सय मिटर तल खसेकी धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update