Sagun Khabar
नितीगत सुधार गर्दै भौतिक पूर्वाधारको दिगो विकासमा लाग्छु : मन्त्री देउवा 

डडेल्धुरा –सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रदेशको भौतिक पुर्वाधारको दिगो विकास सँगै नीतिगत सुधार गर्ने बताएका छन् । बिहीबार ५ औं डडेल्धुरा महोत्सवको उद्दघाटन समारोहमा बोल्दै मन्त्री देउवाले आफ्नो कार्यकालमा सुदूरपश्चिम प्रदेशमा पुर्वाधारको क्षेत्रमा दिगो विकास संगै नीतिगत रुपमै सुधार गर्ने बताए । 

‘कृषि, पर्यटन, उद्योग र व्यापार समृद्व डडेलधुराको आधार’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवमा मन्त्री देउवाले नीतिगत सुधारका माध्यमबाट विकासका कामलाई रोजगारीसंग जोड्ने बताए । महोत्सवले डडेल्धुराको मात्रै नभएर समग्र सुदूरपश्चिमको विकासमा सहयोग पुर्याउने उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

साना, घरेलु तथा उद्योग, कृिषजन्य उत्पादन सुदुरपश्चिमको आर्थिक गतिविधिका आधार रहेको बताउँदै मन्त्री देउवाले अर्थतन्त्रलाई थप बलियो र चलायमान बनाउन यस्ता महोत्सवले सहयोग पुग्ने बताए ।  

कृषि तथा वन पैदावारमा आधारित उद्योग, साना लगानिका व्यावसाय सँगै जिल्लामा पर्यटनको पर्याप्त सम्भावना भएकाले यसको समुचित प्रयोगबाट नै समृद्व डडेलधुरा बन्ने मन्त्री देउवाको भनाई छ । 

नेपाली कांग्रेसका सभापति एवं पूर्व पुर्वप्रधानमन्त्री शेर बहादुर देउवाको पहलमा पश्चिम सेती परियोजनाको सम्झौता सम्पन्न भइ कार्यान्वयनमा रहेको बताउँदै मन्त्री देउवाले यस क्षेत्रमा अब रोजगारीको सिर्जना र समग्र सुदुरपश्चिमकै आर्थिक विकासमा सहयोग पुग्ने बताए । 

महोत्सवको उद्घाटन नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डाक्टर आरजु राणा देउवाले गरेकी थिईन । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update