Sagun Khabar
डडेल्धुराबाट चितुवाको हड्डीसहित दुईजना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुराबाट चितुवाको हड्डीसहित दुई जना पक्राउ परेका छन्। अमरगढी नगरपालिका–५ बागबजारबाट चितुवाको झण्डै ४ किलो चितुवाको हड्डीसहित दुई जनालाई शनिवारराति पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका–१० का २६ वर्षीय राजेन्द्र जैसी र खप्तड छेडेदह गाउँपालिका–७ का २७ वर्षीय बीरबहादुर वली रहेका छन् । 

सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले चितुवाको हड्डीसहित दुबै जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update