Sagun Khabar
अपडेट: डडेल्धुराको परशुराममा जिप दुर्घटना,एक जनाको मृत्यु
फाईल फोटो

डडेल्धुराको परशुराम नगरपालिका–३ मट्यौलामा भएको  जिप दुर्घटनामा परि घटना स्थलमै  एक जनाको मृत्यु भएको छ ।

म १ ज २३८ नम्बरको जिप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय बाशु तिरुवाको मृत्यु भएको हो।  
महेन्द्रनगरबाट रुपालतर्फ गइरहेकोको जिप  सडकमा ब्याक गर्ने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जोगबुढाका बरिष्ठ सई माधव जोशीले जानकारी दिए ।  

स्वास्थ्य सन्देश
Atrya hospital

इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमै रहेको छ ।  जिपमा चालकसहित ११ जना यात्रु सवार थिए।

(यो समाचारमा यो भन्दा पहिला असावधानीवस अर्को फोटो प्रयोग भएकोमा क्षमा चाहान्छौं ।) 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update