Sagun Khabar
डडेल्धुराबाट भरुवा बन्दुक बरामद 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुराबाट भरुवा बन्दुक बरामद गरिएको छ । जिल्लाको परशुराम नगरपालिका–१० धनुके टोलको जंगलमा भरुवा बन्दुक बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको हो । मंगलबार साँझ भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट कुरमुलेबाट गस्तीमा खटिएको प्रहरी टोलीले भरुवा बन्दुक बरामद गरेको हो । 
 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update