Sagun Khabar
आरन उद्योगीलाई अनुदानमा उपकरण

डडेल्धुरा- डडेल्धुरामा आरन उद्योगीलाई अनुदानमा उपकरण हस्तान्तरण गरिएको छ । परम्परागत रुपमा आरन व्यवसाय गर्दै आईरहेकालाई बिद्युतिय उपकरण हस्तान्तरण गरिएको छ । कृषि ज्ञान केन्द्र डडेल्धुराले कृषि औजार बनाउन सहज हुने बिद्युतबाट सञ्चालन गर्न मिल्ने बेल्डिङ्ग र कटर मेसिन आरन उद्योगी चार जनालाई उपलब्ध गराएको छ ।

मंगलबार ज्ञान केन्द्रको कार्यालयमा दुई जनालाई मेसिन उपलब्ध गराईएको छ भने बाँकी दुई जनालाई लगत्तै उपलब्ध गराईने कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताए । नवदुर्गा गाउँपालिका–२ का आरन व्यवसायी बिर बहादुर लुहार, टिका लुहारलाई  नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मि अवस्थीलले उपकरण हस्तान्तरण गरेका ह्न ।  

स्वास्थ्य सन्देश
Atrya hospital

आरन उद्योगलाई स्तरिकण गर्नका लागि उपकरण उपलब्ध गराईएको कार्यालय प्रमुख भट्टले बताए । एक जना आरन उद्यमीलाई अढाई लाख रुपियाँ बराबरका उपकरण उपलब्ध गराईएको उनले जानकारी दिए ।उपकरण पाउने आरन उद्यमीहरु मध्ये दुई जना नवदुर्गा–२ र अन्य एक एक जना अमरगढी नगरपालिका–३ र गन्यापधुरा गाउँपालिका–१ रुवाखोला गाउँका रहेका छन ।

उपकरण पाएका नवदुर्गा गाउँपालिकाका आरन उद्यमीलाई गाउँपालिकाले ट्रसको घर बनाईदिने गाउँपालिका अध्यक्ष अवस्थीले बताए । करिब डेढ÷डेढ लाख रुपियाँ लागतमा ट्रसको घर बनाईदिने उनले बताए । उपकरण बनाउन सहजताका लागि गाउँपालिकाले घर बनाईदिन लागेको उनको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update