Sagun Khabar
अछाममा चट्याङ लागेर ९ बाख्रा मरे
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा चट्याङ लागेर शनिवार बाख्रा मरेका छन् । अछाममा चट्याङ लागेर ९ वटा बाख्रा मरेका छन् भने बाख्रा गोठाली घाइते भएकी छन्। जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ६ षोडशाको बाइगाउँमा चट्याङ लागेर बाख्रा चराउन गएकी बालिका घाइते भएकी हुन भने ९ वटा बाख्रा मरेका छन् । 

शनिवार साँझ चट्याङका कारण स्थानीय विष्णु भट्टराई लगायतका कृषकका ९ वटा बाख्रा मरेका बताइएको छ । स्थानीय मनिराज भट्टराईका अनुसार चट्याङका कारण जङ्गलमा चराउन लगिएका बाख्रा मरेका हुन भने बालिका सामान्य घाइते भएकी हुन् ।
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update