Sagun Khabar
दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई भीमदत्त नगरपालिकाले जनही डेढ लाख दिने

कञ्चनपुर –कञ्चनपुरको भीमदत्त नगरपालिकाले राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही एक लाख ५१ हजार नगद पुरस्कार दिने घोषणा गरेको छ । 

हालै काठमाडौंमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम खेलमा युएईलाई पराजित गर्दै नेपाली टिम जिम्बाबेमा हुने एकदिवसीय विश्वकप ‘क्वालिफायर’मा पुग्न सफल भएको थियो । 

उक्त टिममा रहेका ऐरी र सार्की भीमदत्त नगरपालिकाका स्थायी बासिन्दा भएकाले नगद पुरुस्कारसहित सम्मान गरिने नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए ।

Atrya hospital

नगरप्रमुखले सार्वजनिक कार्यक्रममै दुवै खेलाडीलाई पुरस्कृत गरिने घोषणा गरेको र अब छिट्टै कार्यपालिकाको बैठक बसेर निर्णय गर्ने उनले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update