Sagun Khabar
अछाममा विद्यार्थी चढेको ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, चार जना घाइते 

अछाम –अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

गाउँपालिकाको वडा नम्बर ३ ठाँटीको दर्वा र बगुडाको बीचमा पर्ने बुढा खोलामा ट्याक्टर  दुर्घटनामा परी १६ वर्षीया मनिषा बुढाको मृत्यु भएको हो भने अन्य ४ जना किशोरी घाइते भएका छन् ।  

स्वास्थ्य सन्देश
Atrya hospital

से २ त ३४३१ नम्बरको ट्याक्टर  दुर्घटनामा परेको हो ।  घाइते हुनेमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीया सुस्मिता बुढा, १४ वर्षीया पार्वती बुढा, करिश्मा बुढा, कक्षा ६ मा पढ्ने १२ वर्षीया पुष्पा बिक रहेका छन् ।

उनीहरू पिपलसैन माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू हुन् । ट्याक्टर  चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update