Sagun Khabar
एकदिवसीय वरीयतामा नेपालकाे सुधार

काठमाण्डाै – एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे वरीयतामा नेपालले सुधार गरेकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधवार सार्वजनिक गरेकाे वरीयतामा नेपालले एक स्थान सुधार गरेकाे हाे । 

आईसीसीकाे एकदिवसीय वरीयताअनुसार नेपाल १५ औँ स्थानमा छ । नेपाल ओमानलाई पछि पार्दै १५ औँ स्थानमा उक्लिएकाे हाे । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले वरीयतामा सुधार गरेकाे हाे । नेपालले लिग–२ काे पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दा एकदिवसीय वरीयतामा नेपाल एक महिनामै १९ औँ स्थानबाट १५ औँ स्थानमा आइपुगेकाे हाे ।

स्वास्थ्य सन्देश
Atrya hospital

एकदिवसीय वरीयतामा नेपालभन्दा पछि ओमान १६ औँ, नामिबिया १७ औँ, अमेरिका १८ औँ, यूएई १९ औँ र पपुवा न्यु गिनी २० औँ स्थानमा छ । नेपालभन्दा अघि ११ औँ स्थानमा आयरल्यान्ड, १२ औँ स्थानमा स्कटल्यान्ड, १३ औँ स्थानमा जिम्बावे र १४ औँ स्थानमा नेदरल्यान्ड्स छ । 

एकदिवसीय वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड र पाकिस्तान क्रमशः दाेस्राे, तेस्राे, चाैथाे र पाँचाैँ नम्बरमा छन् । यस्तै दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का, वेस्ट इन्डिज र अफगानिस्तान क्रमशः छैटाैँ, साताैँ, आठाैँ, नवाैँ र दशाैँ स्थानमा छ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटकाे वरीयतामा भने नेपाल १६ औँ स्थानमा यथावत् छ ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update