Sagun Khabar
भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्धको सजाय तत्काल कार्यान्वयन नहुने

मानहानिको मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएका भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्धको सजाय तत्काल कार्यान्वयन नहुने भएको छ ।

पुनरावेदन अदालतले तल्लो अदालतको फैसला तत्काल कार्यान्वयन नर्गन भनेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । गान्धीले आफूलाई मानहानि मुद्दामा दोषि ठहर गर्ने तल्लो अदालतको फैसालाविरुद्ध हिजो गुजरातको सुरत अदालतमा पुनरावेदन निवेदन दिएका थिए । पुनरावेदन अदालतले अर्को सुनुवाइ अप्रिल १३ का लागि तोकेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

अब पुनरावेदनको सुनुवाइ टुंगोमा नपुगेसम्म तल्लो अदालतको फैसला कार्यान्वयन हुने छैन । पुनरोदन अदालतले अर्को पक्षको उपस्थितिबिना अन्तिम फैसला दिन नमिल्ने बताएको छ । सन् २०१९ मा एक राजनीतिक सभामा सबै मोदी किन चोर हुन्छन् भन्ने अभिव्यक्ति दिएका थिए । 

अभिव्यक्तिविरुद्ध भारतीय जनता पार्टीका गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले मुद्दा दायर गरेका थिए । सोही मुद्दामा दोषि ठहर भएसँगै उनको सांसद पद खारेज भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update