Sagun Khabar
सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित ७ जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको ज्यान गएको छ । हिमपहिरोमा परेर अन्य १३ जना घाइते भएका छन् ।

हिजो मङ्गलवार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको ज्यान गएको सिक्किम सरकारले विज्ञप्ति निकालेर पुष्टि गरेको छ । ज्यान गुमाउने अरू चार जनामा भारतीय नागरिक रहेका छन् । 

यस्तै घाइते १३ मध्ये तीन जना नेपाली रहेका छन् । गीता सापकोटा, ज्योेती गुरुङ र रमेश खनालको उपचार भइरहेको छ । हिमपहिरोमा चार सयभन्दा धेरै पर्यटक फसेका थिए ।
 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update