Sagun Khabar
सी र फ्रान्सका राष्ट्रपति म्याक्रोँबीच बेइजिङमा भेटवार्ता

चीनका राष्ट्रपति सी जिनपिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँबीच बिहीवार बेइजिङमा भेटवार्ता भएको छ ।
भेटवार्तामा म्याक्रोँले विगत केही वर्षदेखि चीन र फ्रान्सले द्विपक्षीय सम्बन्धमा सकारात्मक र सुदृढ वृद्धिको गति कायम राख्न मिलेर काम गरेको बताए । 

राष्ट्रपति म्याक्रोँको तीन वर्षभन्दा लामो समयपछि भएको चीनको राजकीय भ्रमणको स्वागत गर्दै राष्ट्रपति सीले बदलिँदो र अस्थिर अन्तर्राष्ट्रिय परिदृश्यका बाबजुद भएको भेटले रुस–युक्रेन युद्ध अन्त्यका लागि वातावरण बनाउने विश्वास विश्व समुदायले लिएको बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

दुवै पक्षले हाइब्रिड ढाँचामा उच्च आवृत्ति र उच्च गुणस्तरको रणनीतिक सञ्चार कायम गरेको, कोभिड–१९ विरुद्धको लडाइँमा एकअर्कालाई सहयोग गरेको, द्विपक्षीय व्यापारमा बलियो वृद्धि भएको र एअरोस्पेस, उड्डयन, कृषि, खाद्य र अन्य क्षेत्रमा सहयोगका महत्त्वपूर्ण परिणाम देखेको उनले बताए । 

जलवायु परिवर्तन, जैविक विविधता र अफ्रिकाको विकासजस्ता विषयमा दुई देशबीच घनिष्ठ संवाद र समन्वय पनि भएको सीले बताए । 

अहिले विश्व गम्भीर ऐतिहासिक परिवर्तनबाट गुज्रिरहेको उल्लेख गर्दै सीले चीन र फ्रान्स संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्का स्थायी सदस्य तथा स्वतन्त्रताको परम्परा बोकेका प्रमुख देश भएको उल्लेख गरे ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update