Sagun Khabar
बसको ठक्करबाट घाइते भएका अछामका एक युवकको मृत्यु 

अछाम –अछाममा बसको ठक्करबाट घाइते भएका एक युवकको मृत्यु भएको छ । 

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ का हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौँमा शुक्रवार मृत्यु भएको हो । अछाम प्रहरीका अनुसार मृतक कुँवरका परिवारले जिल्लाको यातायात बन्द गरेका छन् । उनीहरुले साँफेबगरमा टायर बालेर विरोध सडक अवरुद्ध गरेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

चैत्र १९ गते सुपप्र ०१–००१ ख ३१५४ नम्बरको बसले कुँवर सवार सु प प्र ०१–००९ प ६५८४ नम्बरको मोटरसाइकललाई साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटको वडा कार्यालय नजिकै ठक्कर दिएको थियो । 

बसका चालकलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तीको माग गर्दै आफन्तले आन्दोलन थालेका हुन् । कुँवरका आफान्तले बस समितिको काउण्टरमासमेत तोडफोड गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update