Sagun Khabar
डडेल्धुराका तीन किसानले पाए ‘भीमदत्त उत्कृष्ट कृषक पुरुस्कार’

डडेल्धुरा –डडेल्धुराका तीन जना किसानले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ पाएका छन् ।आइतबार जिल्ला सदरमुकाममा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय डोटीले एक कार्यक्रमको आयोजना गरी  उनीहरूलाई जिल्ला स्तरीय ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको हो । 

अमरगढी नगरपालिकका प्रिन्स अवस्थी, गन्यापधुरा गाउँपालिकाका प्रसाददत्त अवस्थी र आलिताल गाउँपालिकाका लालबहादुर डालालाई पुरस्कारसहित सम्मानित गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका कृषि अधिकृत तारीसिंह ठकुराठीले जानकारी दिए ।

उनीहरुलाई प्रमाणपत्रसहित जनही २५ हजार नगद पुरस्कार प्रदान गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । 
प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार नै यसपटक डडेल्धुराका ३ जना किसानलाई पुरस्कृत गरिएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update