Sagun Khabar
खोलियो केदारनाथको द्वार, मुख्यमन्त्री धामीले गरे पूजापाठ 

आजबाट भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा विधिवत रुपमा पूजापाठ सुरु गरिएको छ । मंगलबार बिहान ६ बजेर २० मिनेटमा दर्शन र पूजापाठका लागि केदारनाथ धामका द्वारहरु खोलिएका छन् । 

धामको द्धार खोलिएको अवसरमा केदारनाथ मन्दिरलाई ३५ क्विन्टल फूलले सजाइएको थियो। उक्त अवसरमा हेलिकप्टरबाट भक्तजनमाथि पुष्पवृष्टि गरिएको थियो । केदारनाथको द्वार खोल्ने बेला भक्तजनहरुले भगवान शिवको जयजयकार ध्वनीमा भजन गरेका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पनि केदारनाथ मन्दिर पुगेर पूजा गरेका गरेका छन् । केदारनाथको द्वार खुलेपछि मुख्यमन्त्री धामीले पूजा गरेका हुन् । 

केदारनाथमा विश्वका हिन्दू धर्माबलम्बीहरु पुग्ने गरेका छन् । नेपालबाट पनि केदारनाथका लागि थुप्रै भक्तजनहरु पुग्ने गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update