Sagun Khabar
भागेश्वरमा योजना तर्जुमा प्रक्रिया सम्बन्धि कार्यशाला सम्पन्न 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुराको भागेश्वर गाउँपालिकामा योजना तर्जुमा प्रक्रिया सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । बुधबार भागेश्वर गाउँपालिकाको आयोजना, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र सुशासनका लागि क्षमता विकास कार्यक्रमको प्राविधिक सहयोगमा कार्यशाला सम्पन्न भएको हो । 

कार्यशालामा भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौत लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यशालामा योजना तर्जुमा गर्दा अपनाउनुपर्ने तरीका बिषयमा छलफल भएको भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । 

कार्यशालामा पशुपतिनाथ झा र पूर्णकला राईले प्रशिक्षण दिएका थिए । कार्यशाला गोष्ठीले आगामी बर्षको योजना तर्जुमामा सहयोग पुग्ने विश्वास गरिएको प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update