Sagun Khabar
भीरबाट लडेर एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ३५ बर्षीय याम ढोलीको भिरबाट लडेर मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । 

शनिवार सैनबजारबाट बलाता जाँदै गरेका ढोली नेटेसल्ला भन्ने ठाउँमा लडेर सडकबाट दुई सय मिटर तल खसेका थिए । 
मृतक ढोलीको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update