Sagun Khabar
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ
स्वास्थ्य सन्देश
Atrya hospital

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ । इस्लामाबाद उच्च अदालत बाहिरबाट खानलाई प्रहरीले पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ ।

दर्जनौँ प्रहरीले खानलाई घेरा हालेर गाडीमा राखेको एक भिडियोमा देखिएको छ । खानलाई एक अपराधीलाई जसरी लछारपछार गरेर पक्राउ गरेको खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) ले जनाएको छ । खानलाई कुन मुद्दामा हिरासतमा लिइएको हो भन्ने जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update