Sagun Khabar
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपतिलाई  तीन वर्षको जेल सजाय

भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ ।

फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई कारावासको सजाय सुनाएको हो । हतकडीसहित उनलाई अब एक वर्ष उनकै घरमा राख्ने र सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाउने गरी सजाय तोकेको एएफपीले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

६८ वर्षका सार्कोजी पुनरावेदन अदालतको आदेश सुनेर विना कुनै टिप्पणी न्यायालयबाट बाहिरिएका थिए । उनले आफूविरुद्धको मुद्दालाई आफ्नो पक्षमा पार्न न्यायाधीश तथा आफूमाथि लागेको भ्रष्टाचार अभियोगलाई कमजोर पार्न दबाब र प्रभावको हतियार प्रयोग गरेका थिए ।

सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति रहेका सार्कोजी पदबाट बाहिरिनेबित्तिकै कानुनी झमेलामा फसेका थिए । दोस्रो विश्व युद्धपछि जेल सजाय भोग्ने सार्कोजी फ्रान्सका पहिलो पूर्वराष्ट्रपति भएका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update