Sagun Khabar
डडेल्धुराको भागेश्वरमा बजार अनुगमन, ७ हजार बढीको अखाद्य वस्तु नष्ट 

डडेल्धुरा –डडेल्धुराको भागेश्वरमा बजार अनुगमन गरिएको छ । भागेश्वर गाउँपालिका, स्थानीय प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराको संयुक्त बजार अनुगमन टोलीले शुक्रबार गाउँपालिकाभित्रका विभिन्न बजारमा अनुगमन गरेको भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । 

अनुगमन टोली भागेश्वर गाउँपालिकाको वडा नं ५ को सिराड, बुर्सा र खानीडाँडा, वडा नं २ को रुइनपाटा र बयलपाटामा गरी १७ पसलमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

बजार अनुगमन गर्दा ७ हजार ८० रुपैंया बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको छ । अनुगमनका क्रममा सम्बन्धित निकायमा दर्ता नभएका पसलहरुलाई दर्ता गर्न आग्रह गरिएको छ भने उपभोक्ता हक अधिकार बिषयमा समेत जानकारी दिइएको छ । 

सामग्री खरीद विक्रि गर्दा उत्पादन र उपभोग्य मिति हेरेर मात्रै खरीदविक्रि गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए । 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update