Sagun Khabar
पूर्वाधार विकास कार्यालयमा कार्यरत ओभरसियर मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

एक जना ओभरसियर मृत फेला छन् । पूर्वाधार विकास कार्यालय अछाममा कार्यरत ओभरसियर समशेर खड्का मृत फेला परेका हुन्।

जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ३ चिरकाट्यामा ३५ बर्षिय खड्का मृत भेटिएको प्रहरीले जनाएको छ । रुखमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए  ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update