Sagun Khabar
डडेल्धुरामा जीप दुर्घटना
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा -डडेल्धुरामा जीप दुर्घटना भएको छ। शुक्रबार बिहान अन्दाजी ९ बजे जिल्लाको नवदुर्गा गाउँपालिका–१ कोटेलीमा से१ज ३२९ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर भट्टका अनुसार उक्त जीप निम्तोलादेखि डडेल्धुरा सदरमुकाम आइरहेको थियो। दुर्घटनामा परि ९ जना घाइते भएका छन्।

उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको डिएसपी भट्टले बताए। जीप सोही ठाउँका ५७ वर्षीय राजबहादुर बोहराले चलाइरहेका थिए।बाख्रालाई बचाउने क्रममा जीप अनियन्त्रित भइ सडकमै पल्टिएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update