Sagun Khabar
डडेल्धुरामा आगलागी  हुँदा ६ वटा चौपाया जलेर नष्ट 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा- डडेल्धुरामा आगलागी  भएको छ । जिल्लाको परशुराम नगरपालिका–१२ मा ४२ वर्षीय केशब भट्टराईको काठले बनेको १ तले कच्चि गाई गोठमा मच्छर भगाउन बालेको स्याउलाको आगोबाट शुक्रवार आगलागी भएको हो ।

आगलागीबाट ६ वटा चौपायाको मृत्यु भएको र गोठ पुर्ण रुपमा जली नष्ट भएको ईलाका प्रहरी कार्यालय जोगबुढाले जानकारी दिएको छ । स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको जनाइएको छ। 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update