Sagun Khabar
डडेल्धुराको अजयमेरुमा कृषि एम्बुलेन्स सेवा

डडेल्धुरा- डडेल्धुराको अजयमेरु गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ। पालिकाको सबै वडाबाट एम्बुलेन्समार्फत कृषि तथा पशुजन्य उपज ढुवानी सुरु भएको हो ।

कृषि एम्बुलेन्स सेवा सुरु गरिएको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर सेटीले बताए।  किसानलाई कृषि उत्पादनको ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट विकासले बताए।

स्थानीय किसानले खेतबारीमा उत्पादित कृषि उपजलाई बिक्रीका लागि बजारसम्म पु¥याइने र बजारबाट किसानका आवश्यक कृषिजन्य बस्तु ढुवानी समेत गर्ने अध्यक्ष भट्टले बताए।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update