Sagun Khabar
डडेल्धुराको जंगलमा घातक बम फेला 

डडेल्धुरा- डडेल्धुराको जंगलमा घातक बम फेला परेको छ। जिल्लाको आलितालको आलिताल गाउँपालिका–१ रतनटुडास्थित चित्रकुट सामुदायिक वनभित्र उक्त विष्पोटक बस्तु फेला परेको हो।

उक्त बम स्थानीय ४५ वर्षीय भक्तबहादुर बोहराले देखेपछि प्रहरीलाई खबर गरेका थिए। बाख्रा चराउन वनमा गएका बोहराको खबर पाएपछि घटनास्थल गएको प्रहरीले फेला परेको बम ८१ मोटर सेलको रहेको पहिचान गरेको थियो।

अहिले दह ब्यारेगबाट सेनाको टोली उक्त स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनीहरुले बम डिस्पोज गर्ने तयारी गरेको डडेल्धुराका डिएसपी मनोहर भट्टले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update