Sagun Khabar
ब्राजिलमा आँधीका कारण १३ जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

ब्राजिलको दक्षिणी क्षेत्रमा पर्ने रियो ग्रान्डे डो सुल प्रान्तमा आएको आँधीका कारण १३ जनाको मृत्यु भएको छ । १० जना बेपत्ता भएका छन् । 

मृत्यु हुनेमा चार महिनाको शिशुसमेत रहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आँधीका कारण हजारौँ नागरिक विस्थापित भएका छन् । २ हजार ४ सय जनाको उद्धार गरिएको छ ।

आँधीका कारण त्यहाँका कयौँ सडक अवरुद्ध भएका छन् भने मुख्य सहरका हवाई उडान समेत बन्द भएका छन्  । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले सङ्कट समाधानका लागि प्रयास भइरहेको बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update