Sagun Khabar
अछाममा भरुवा बन्दुक फेला
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम- अछाममा भरुवा बन्दुक फेला परेको छ। जिल्लाको चौरपाटी गाउँपालिका–१ वडामेयरको जंगलमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको हो।

भरुवा एक थान बन्दुक फेला परेको प्रहरीले जनाएको छ। बुधबार बिहान प्रहरी चौकी सिउडी अछामबाट खटिएको प्रहरी गस्ती टोलीले सो जंगलमा वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update