Sagun Khabar
भारतमा एक्सप्रेस बसमा आगलागी, २५ जनाको मृत्यु 

भारतको महाराष्ट्रमा मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बसमा शनिबार बिहान आगलागी भएको छ । 

गुडिरहेकै बेला टायर पड्किएपछि बस चालकको नियन्त्रण बाहिर गएर एक खम्बामा ठोकिएको थियो । ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो बसमा आगलागी भएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ । ३३ यात्रु सवार बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको थियो ।

केही यात्रुले भने बसको सिसा फुटाएर ज्यान बचाएका हुन् । मृतकको पहिचान भइनसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

दुर्घटना हुनुभन्दा आधा घण्टाअघि खाजाका लागि बस रोकिएको थियो ।

यसैबीच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ अभियानले दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनलाई पाँचपाँच लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् ।
 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update