Sagun Khabar
देउवा आफ्नै क्षमताले ५ पटक प्रधानमन्त्री बन्नुभएको हो : परराष्ट्र मन्त्री साउद 

अछाम –नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका परराष्ट्रमन्त्री एनपी साउदले शेरबहादुर देउवा आफ्नो क्षमताका कारण देशको नेतृत्वमा पुगेको बताएका छन् । 

नेपाली कांग्रेस गाउँ कार्यसमिति चौरपाटी अछामद्वारा आइतबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने ‘शेरबहादुर देउवा योग्य भएकै कारण ५ पटक प्रधानमन्त्री बन्नु भएको हो । उहाँ भाग्यले होइन, योग्यताले प्रधानमन्त्री बन्नु भएको हो ।’

स्वास्थ्य सन्देश
Atrya hospital

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एउटै व्यक्ति ५÷६ पटक प्रधानमन्त्री बन्नु राम्रो नभएको बताइरहेकाबेला देउवा निकट मानिने साउदको यस्तो भनाइ आएको हो । उनले भने ‘योग्यता,पार्टी विचार र चिन्तन सबै राम्रो भएकाले उहाँ पटक–पटक प्रधानमन्त्री बन्नु भएको हो ।’

नेपाली कांग्रेस सबै पार्टीलाई संगसंगै लैजान सक्ने पार्टी भएको बताउँदै मन्त्री साउदले त्यसका लागि कुशल नेतृत्वको भूमिका रहेको दाबी गरे । नेपाली कांग्रेस लोकतन्त्रको सबैभन्दा भरोसायोग्य पार्टी भएको पनि बताए । 

देशमा नयाँ नयाँ पार्टी आइरहेका बताउँदै उनीहरुको सोसल मिडियाबाहेक कतै संगठन नरहेको पनि मन्त्री साउदले जिकिर गरे । 
 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update