Sagun Khabar
पाकिस्तानको  लाहोरमा मुसलधारे वर्षा,  १७ जनाको ज्यान गयो, ५० घाइते
स्वास्थ्य सन्देश
Atrya hospital

पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको ज्यान गएको छ । ५० जनाभन्दा धेरै घाइते घाइते भएका छन् ।

ठूलो वर्षापछि डुबेर, भत्किएका भग्नावशेषमा पुरिएर र  करेन्ट लागेर उनीहरुको ज्यान गएको पाकिस्तानको उद्धार विभागले जनाएको छ । पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानी लाहोरमा विगत ३० वर्षयताकै सबैभन्दा धेरै २ सय ९१ मिलिमिटर वर्षा भएको छ ।

अस्ति र हिजोको वर्षाले सहरी क्षेत्रमा बाढी आएको छ । भौतिक पूर्वाधारमा क्षति पुगेको छ । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इमरान कुरेशीले सडक र अन्डरपास डुबान हुँदा यातायात सेवासमेत प्रभावित भएको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update