Sagun Khabar
राति खाना नदिएको भन्दै श्रीमतीको हत्या

भारतमा एक पुरुषले राति खाना नदिएको भन्दै श्रीमतीको हत्या गरेका छन् । राजस्थानको जोधपुुरस्थित माताका थाना क्षेत्रमा हत्या गरिएको खबर पाएपछि प्रहरीले श्रीमानलाई मृत श्रीमतीसँगै बसेको अवस्थामा फेला पारेको बताइन्छ ।३५ वर्षे रमेश बेनिवालले श्रीमती सुमनको हत्या गरेका हुन् ।

सुमन बेनिवाल त्यहाँको राष्ट्रिय लोकतान्त्रिक पार्टीको महिला मोर्चाकी पूर्व सभापति हुन् । अस्ति राति हत्या गरेपछि हिजो दिउँसो प्रहरी पुग्नेबेलासम्म उनी श्रीमतीको मृत शरीरसँगै बसेका थिए ।१५ वर्ष अगाडि विवाह गरेका जोडीका बालबच्च होस्टलमा बस्ने गर्दछन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

शुक्रबार राति घर आइपुगेका रमेशले आफूलाई खाना नदिएपछि ढुंगाले हानेर श्रीमतीको हत्या गरेको स्वीकारेका छन् ।श्रीमतीको हत्यापछि उनले लगत्तै श्रीमतीको भाई (सालो) लाई फोन गरेर जानकारी गराएका थिए । तर, नातेदारहरु आइपुगे पनि उनले हिजो दिउँसोसम्म कोठाको ढोका नखोलेपछि प्रहरीले ढोक खोल्न लगाएको थियो ।

ढोका खुलेपछि उनी श्रीमतीको मृत शरीरसँगै बसेका थिए । त्यसपछि उनलाई गिरफ्तार गरेर प्रहरी थानामा पुर्याइएको हो ।श्रीमान काठ व्यवसायी हुन् भने श्रीमती पहिले पेट्रोल पम्पमा काम गर्थिन् । पछि उनी राजनीतिक पार्टीमा आवद्ध भएर खटेकी थिइन् ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update