Sagun Khabar
भारतमा चलिरहेको रेलमा गोली प्रहार गरी ४ जनाको हत्या

भारतमा चलिरहेको रेलभित्र गोली प्रहार गरी ४ जनाको हत्या भएको छ । रेलवे सुरक्षा बल (आपीएफ)का एक जवानले गोली प्रहार गर्दा ४ जना मारिएका हुन् । 

स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले लेखेअनुसार मारिनेमा रेलवे सुरक्षा बलका सहायक निरीक्षक (असई) पनि छन् । सोमबार बिहान ५ बजे आसपास महाराष्ट्रको पालघर रेलवे स्टेशन नजिकै आरपीएफका जवान चेतन कुमार चौधरीले आफ्नो एस्कर्ट ड्युटी इञ्चार्ज असई टीकाराम मीनामाथि गोली चलाएका थिए । आफ्नो स्वचालित हतियारबाट असईमाथि गोली चलाएका उनले त्यसपछि अर्को बोगीमा छिरेर यात्रुमाथि गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

घटनामा सहायक निरीक्षक टीकाराम मीना र ३ जना यात्रु गरी ४ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । पालघर मुम्बईबाट करिब १०० किलोमिटर टाढा छ ।

सरकारी रेलवे पुलिस र आरपीएफ अधिकारीहरूको सहयोगमा प्रहरीले मिरा रोडबाट जवान चौधरीलाई नियन्त्रणमा लिएको थियो । आरपीएफ जवान चौधरी दहिसर नजिकै ओर्लिएर अलार्मको चेन तानेपछि भाग्न खोजेका थिए । तर प्रहरी उनलाई पक्राउ गर्न सफल भयो ।  

पश्चिम रेलवेका प्रमुख पीआरओ सुमित ठाकुरले घटनाको कारण भने खुल्न नसकेको बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update