Sagun Khabar
नयाँ जनादेशका लागि संसद् भङ्ग गर्ने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ताजा जनादेशका लागि संसद् भङ्ग गर्ने घोषणा गरेका छन् । देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री शरिफले संसद् भङ्ग गरेर चुनावमा जाने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गए राति पार्टीका वरिष्ठ नेता तथा सांसदसँगको छलफलपछि प्रधानमन्त्री शरिफले अर्को हप्ता अगस्ट ९ तारिखमा राष्ट्रियसभा भङ्ग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले ४८ घण्टाभित्र विघटन कार्यान्वयनका लागि सिफारिसमा हस्ताक्षर गर्नुपर्छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

संसद् विघटनको सिफारिससँगै चुनावका लागि कार्यवाहक प्रधानमन्त्री पनि तोक्ने तयारी छ । कार्यवाहक प्रधानमन्त्री नतोकिए त्यहाँको निर्वाचन आयोगले हस्तक्षेप गरी निष्पक्ष चुनावका लागि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया बढाउन सक्ने एक्सप्रेस ट्रिब्युनले उल्लेख गरेको छ ।

पाकिस्तानको राष्ट्रियसभाले २०७८ चैतमा शहबाज शरिफलाई नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update