Sagun Khabar
भारतको रुद्रप्रयागमा पहिरो, १० नेपालीसहित १९ जना बेपत्ता 

भारतको उत्तरखाण्ड राज्यमा पहिरोले एउटा होटल पुर्दा १० जना नेपालीसहित १९ जना बेपत्ता भएका छन् । 

केदारनाथ प्रवेश गर्ने सडकखण्डको रूद्रप्रयागमा पहिरोले होटल बगाउँदा जुम्ला र हुम्लाका कम्तीमा १० जना नेपालीसहित १९ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

बेपत्ता हुने नेपालीहरुमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेको उत्तराखण्ड प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएको उक्त होटल हुम्ला घर भएका वीरबहादुरले गौरीकुण्डमा चलाउँदै आएका थिए । पहिरोमा पुरिएकामध्ये तीनजनाको शव प्रहरीले मन्दाकिनी नदीको किनारबाट निकालेको छ ।

वीरबहादुरको होटलमा खाना खान गएका बेला पहिरोले बगाएको हो । पहिरोमा परेर होटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएका छन् । 

प्रहरीले उनीहरूको थर खुलाएकोको छैन । वीरबहादुरकै होटलमा खाना खाइरहेका धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि बेपत्ता छन् । 

बेपत्ता हुने थप सातजना पनि नेपाली रहेको जनाइएको छ । तर उनीहरू नेपालको कुन ठाउँका हुन भन्ने खुल्न सकेको छैन । बेपत्ता हुनेहरुमा अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीहरु राधिका र पिंकी छन् । 

पहिरोले होटललाई सोहोरेर मन्दाकिनी नदीमा पु¥याएको थियो । बेपत्ता भएकाहरुको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । अहिले यो क्षेत्रमा भारी वर्षा भइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update