Sagun Khabar
जनयुद्धमा घाइते बैतडीका दिपकको आर्थिक अभावले क्यान्सरको उपचारमा समस्या 

बैतडी- जनयुद्धमा घाइते बैतडीका  दिपकको  उपचारमा समस्या भएको  छ ।  जनगणतन्त्रका लागि माओवादी जनयुद्धमा होमिदा गोलीको छार्रा लागेर घाइते भएका जिल्लाको पञ्चेश्वर  गाउँपालिका १ का दिपक चन्दको  आर्थिक अभावका कारण उपचारमा समस्या भएको  हो ।

दिपकको कम्मरभन्दा मुनिको भाग क्यान्सर रोगले  थलिएको छ । उनि १८ वर्षदेखि शरीरमा गोलीको छर्रा बोकेर बाँच्न बाध्यभएका छन् ।  जनयुद्धमा दिपकको  पाखुरामा गोलीको छर्राले घाउ बनाएको  थियो । २०६२ भदौमा कालीकोटको पिली भिडन्तमा घाइते भएका दिपकले क्यान्सर रोगको उपचार गर्दा घर खेत बेचिएको बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

उपचारका लागि समस्या भएको उनले बताए । उपचार खर्च जुटाउन गोलीको छर्रासँगै क्यान्सरले खाइरहेको कमजोर शरीरमा उनी कुखुरा, बाख्रा र कालिजपालनमा लागेका छन् । उपचार खर्च जुटाउनकै लागि यस्तो दुःख गर्नु परेको उनले बताए । प्रत्येक तीन महिनामा  क्यान्सरविरुद्धको किमो खोप लाग्ने  भएपनि आर्थिक अभावले  समस्या भएको उनको भनाई छ ।

केहि खर्चको  जोहो होला भनेर  पशुपन्छी  पालनमा लागेको  भएपनि  किमो लगाउनका लागि  समस्या रहेको उनले बताए । तत्कालीन नेकपा माओवादी लडाकुको सातौँ डिभिजनमा सेना समायोजन र प्रमाणीकरणका बेला युएनका प्रतिनिधि र लडाकुबिच दोभाषेका रूपमा काम गर्नुभएको थियो । अङ्ग्रेजी विषयमा स्नातक तहसम्मको अध्ययन गर्नुभएका चन्दले शान्ति प्रव्रिmयापछि फार्मेसी विषयको समेत पढाइ गरेका थिए ।

 राज्य व्यवस्था फेर्न भनिएको लडाइँमा होमिएका दीपक अहिले भने क्यान्सर रोगसँग लडिरहेका छन् । आफ्नो पार्टी वा सरकारले दुई लाख रुपियाँ मात्र आर्थिक सहयोग गरेको दिपकले बताए । क्यान्सर रोग फैलिन नदिन चन्दको प्रत्येक तीन महिनामा किमोथेरापी गरिँदै आएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update