Sagun Khabar
बैतडीमा एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता

बैतडी- बैतडीमा एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकाका ६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको  बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले भदौं १९ गते अनुगमनका क्रममा कार्कीले अवैधरूपमा सञ्चालन गरिरहेका फेला परेको थियो। अनुगमन टोलीले सोही दिन मेडिकल सिल गरेर उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

स्वास्थ्य सन्देश
Atrya hospital

मेडिकल दर्ता नै नभएको र स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेको पाएपछि उनलाई नियन्त्रणमा लिइएको र मुद्दा दर्ता भएर अनुसन्धानका म्याद थप पनि भइसकेको प्रहरी प्रवक्ता खत्रीले बताए । अनुगमनका क्रममा कार्कीको मेडिकलसहित दोगडाकेदार ७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार ३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल समेत गरेको थियो।

मेडिकलहरुले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिहरुले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रिया समेत पूरा नगरेको पाइएकाले मेडिकल सिल गरिएको जनाइएको छ। यसअघि पनि अनुगमन टोलीले पाटन,सिगास र पञ्चेश्वरमा  अवैध रुपमा सञ्चालित  क्लिनिक सिल गरेर  कारबाहीको  दायरमा ल्याएको  थियो । 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update