Sagun Khabar
भालुको आक्रमणबाट बैतडीका एक जना गम्भीर घाइते

बैतडी- बैतडीमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका ३ कुजागाडका ५५ वर्षीय गजबहादुर भाट भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।

बुधबार घर नजिकैको जंगलमा गोठालो गएका बेला भाटलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको वडा अध्यक्ष गगन सिंह भाटले जानकारी दिए । उनको धनगढीमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १९:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update