Sagun Khabar
बैतडीमा बेपत्ता शिक्षक अझै भेटिएनन्  !
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीमा बेपत्ता शिक्षक अझै भेटिएका छैनन् । भदौं ५ गते विद्यालय जान हिँडेका जिल्लाको डिलाशैनी गाउँपालिका २ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा अझै  नभेटिका हुन् ।

उनी १९ दिन देखि सम्पर्क विहिन छन् । भदौ ५ गते स्थानीय लटीनाथ आधारभुत विद्यालय अमरखेतमा जान हिँडेका शिक्षक बोहरा अझै सम्पर्कमा  अझे सम्पर्कमा नआएका पारिवारि स्रोतले बताएको  छ ।  बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

 शिक्षक बोहराले लगाएका चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेकाले खोला आसपास क्षेत्रमा समेत खोजि गर्दा शिक्षक फेला नपरेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको  छ ।  अहिले  पनि बेपत्ता शिक्षकको  खोजि कार्य जारी रहेको  प्रहरीले जनाएको  छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update