Sagun Khabar
बैतडीको मेलौलीमा नगर स्तरिय   वादविवाद प्रतियोगिता हुने

बैतडी- बैतडीको मेलौलीमा नगर स्तरिय  वादविवाद प्रतियोगिता हुने भएको छ। मेलौली नगरपालिकाको आयोजनामा यहि भदौ २९ गते नगरपालिकाको सभाहलमा नगर स्तरिय   वादविवाद प्रतियोगिता हुने भएको हो ।

“सामाजिक सञ्जाल अभिसाप कि वरदान” भन्ने शिर्षकमा प्रतियोगिता हुने मेलौली नगरपालिकाले जनाएको छ। प्रतियोगितामा मेलौली नगरपालिका अन्र्तगतका विद्यालयहरुबाट कक्षा ९ देखि १२ सम्मका अध्यायनरत एक÷एक जना छात्रछात्रा सहभागि हुन पाउने छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रतियोगितामा सहभागि हुने विद्यालयले एक÷एक जना छात्र÷छात्रा र एक÷जना शिक्षकको नाम  उल्लेख गरिएको पत्र भदौ २८ गतेसम्म नगरपालिकामा दर्ता गराईसक्नु  पर्ने छ। प्रतियोगितामा प्रथम हुनेलाई १० हजार सहित र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै द्धितिय हुनेलाई ७ हजार ५ सय ५० सहित प्रमाणपत्र तृतीय हुनेलाई ५ हजार सहित प्रमाणपत्र र सान्त्वना हुनेलाई २ हजार सहित प्रमाणपत्र प्रदान गरिने गरिने प्रमुख प्रशासकिय अधिकृत सपना कार्कीले जानकारी दिइन् ।

विद्यार्थीको अन्तर्निहित सिर्जनशीलतालाई प्रस्फुटन गर्ने उदेश्यले  नगर स्तरिय  वादविवाद प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले  जनाएको छ ।  

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update