Sagun Khabar
बैतडीः महाकाली राजमार्ग अवरुद्ध

बैतडी- महाकाली राजमार्ग अवरुद्ध भएको  छ । बैतडीको सुर्नया गाउँपालिका ३ धरमघर नजिकको सडकखण्डमा खसेको पहिरोले महाकाली राज मार्ग अवरुद्ध भएको  हो ।

सतबाँझ–गोकुलेश्वर खण्डको सुर्नया गाउँपालिका–३ धरमघर भन्दा तल  हिलसाइड होटेल नजिक  पहिरो खसेपछि राज मार्ग  अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

 लागातारको  वर्षाका कारण सडक माथिबाट पहिरो खसेर आइतबार  बिहान  ११ बजे देखि राजमार्ग  अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय  बैतडीले जनाएको  छ ।  राजमार्ग अवरुद्ध हुँदा  सवारी साधन रोकिएका छन्। सवारी साधन रोकिँदा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन्।

राजमार्गमा खसेको पहिरो पन्छाएर सडक खुलाउने  प्रयास भइरहेको प्रहरी प्रवक्ता खत्रीले बताए । बैतडी सहित  सुदूरपहाडमा हिजो देखि लगातार वर्षा भैरहेको  छ । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update