Sagun Khabar
पहिरोले अवरुद्ध महाकाली राजमार्ग सुचारु

बैतडी- पहिरोले अवरुद्ध महाकाली राजमार्ग सुचारु भएको  छ।   बैतडीको सुर्नया गाउँपालिका ३ धरमघर नजिकको सडकखण्डमा पहिरोले खसेर अवरुद्ध भएको राज मार्ग खुलेको  हो ।

सतबाँझ–गोकुलेश्वर खण्डको सुर्नया गाउँपालिका–३ धरमघर भन्दा तल  हिलसाइड होटेल नजिक  पहिरो खसेपछि अवरुद्ध  भएको राज मार्ग  सुचारु  भएको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

लागातारको  वर्षाका कारण सडक माथिबाट पहिरो खसेर आइतबार  बिहान  ११ बजे देखि राजमार्ग  अवरुद्ध  थियो ।  राजमार्ग अवरुद्ध हुँदा  सवारी साधन रोकिएर  यात्रुहरु बीचबाटोमै अलपत्र परेका थिए ।

राजमार्ग खुले संगै  सवारी साधान सञ्चालनमा आएका प्रहरी प्रवक्ता खत्रीले बताए । बैतडी सहित  सुदूरपहाडमा हिजो देखि लगातार वर्षा भैरहेको  छ । वर्षाका कारण जनजीवन प्रभावित भएको  छ । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update