Sagun Khabar
बिपी  नेपालको आधुनिक इतिहासलाई परिभाषित गर्ने पात्रः नेता रिजाल
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले बिपी कोइराला बहुआयामिक व्यक्तित्व भएको बताएका छन् ।  आइतबार ११० औं बिपी जयन्तीको अवसरमा बैतडीको पाटनमा तरुण दलले आयोजना गरेको प्रशिक्षण तथा वेभसाइट उद्घाटन कार्यक्रममा बोल्नुहुदै डा. रिजालले बिपी आफैमा बहुआयामिक व्यक्तित्व भएको बताएका हुन् ।

 यस्तै  उनले बिपीको बिचार अनुकरणीय रहेका बताएका छन् ।  प्रशिक्षण कार्यक्रममा डा. रिजालले बिपी राष्ट्रिय विभूतीका रुपमा नभई नेपालको आधुनिक इतिहासलाई परिभाषित गर्ने पात्रका रुपमा रहेका बताए । नेपाल तरुण दल बैतडीले बिपीजयन्तीको अवसर पारेर आयोजना गरेको प्रशिक्षण तथा वेभसाइट उद्घाटन कार्यक्रममा डा.रिजालसंगै पूर्वराज्यमन्त्री नरबहादुर चन्द,सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष प्रमोद हरि गुरागाई,नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति वीरबहादुर विष्टलगायतले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध रहेकाहरुको उपस्थिती रहेको थियो । तरुण दललाई डिजिटल मोडेलमा अगाडी बढाउनका लागी वेभसाइट सञ्चालन र प्रशिक्षणको आयोजना गरिएको तरुण दल बैतडीका कार्यवहाक सभापति महेशदत्त भट्टले बताए । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update