Sagun Khabar
बैतडीमा पनि मनाइयो विश्व आत्महत्या रोकथाम  दिवस  
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीमा पनि आत्महत्या रोकथाम  दिवस  मनाइएको  छ ।  स्वास्थ्य  कार्यालय  बैतडीको  आयोजनामा आइतबार विश्व  आत्महत्या रोकथाम  दिवस  मनाइएको  हो । आशा जगाऔँ, जीवन रक्षा गरौँ भन्ने  नाराका साथ विश्व  आत्महत्या रोकथाम दिवस  मनाइएको  स्वास्थ्य  कार्यालय  बैतडीका सूचनाअधिकारी  बिपीन लेखकले  जानकारी  दिए ।

बैतडीका  प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको  प्रमुख आतिथ्यतामा आत्महत्या रोकथाम विषयमा सारोकारवाला निकाय  संग अन्तरक्रिया कार्यक्रम गरिएको  उनले  बताए । अन्तरक्रियामा सहभागिहरुले सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी र मानसिक समस्याका कारण आतमहत्याका घटना बढ्दै गएका बताएका छन् ।

मानसिक स्वास्थ्यलाई  देविदेवता संग जोडेर गलतधारणा बनाउने  कूप्रचलनले आत्महत्या रोकथाममा चुनौती बढेको स्वास्थ्य    कार्यालय  बैतडीका  प्रमुख  योगेश प्रशाद भट्टले  बताए । यस्तै बैतडी जिल्लामा  गत आर्थिक वर्षमा २५ जनाले  आत्महत्या गरेका छन भने  चालु वर्षको साउन र भदौमा मात्रै ६ जनाले  आत्महत्या गरेको पाइएको  छ । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update