Sagun Khabar
बैतडीः सडकमा रुख ढलेर अवरुद्ध  दशरथचन्द राजमार्ग खुल्यो 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- सडकमा रुख ढलेर अवरुद्ध बैतडीको  दशरथचन्द राजमार्ग  खुलेको छ । सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख ढलेर  अवरुद्ध रामजमार्ग खुलेको   हो ।

निरन्तरको वर्षाले   गएराति   सडकमाथिबाट  रुख ढलेर अवरुद्ध भएको  राजमार्ग  अहिले  सुचारु भएको जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए ।

जेसिबीले रुख हटाएपछि राति देखि  अवरुद्ध  राजमार्ग सञ्चालनमा आएको  जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । राजमार्ग  खुलेसंगै रोकिएका   सवारीसाधन आआफ्नो गनतव्य तर्फ  गएका छन् । 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update