Sagun Khabar
पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग अझै खुलेन

बैतडी- अविरल वर्षापछि खसेको पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग अझै खुलेको  छैन् । बैतडीको पाटन नगरपालिका ८ विजयपुर नजिक  सडक माथिबाट ठुलो ढुंगा खसेर अवरुद्ध भएको जयपृथ्वी राजमार्ग अझै खुल्न नसकेको हो ।

आइतबार दिउँसो १ बजे उक्त राजमार्गको बैतडीको पाटन नगरपालिका ८ विजयपुर नजिकै सडक माथिबाट ठुलो ढुंगा खसेर अवरुद्ध भएको राजमार्ग अझै सुचारु नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

खोडपेबाट पठाएको जेसिबीले उक्त ढुंगा फुटाल्न नसकेपछि बझाङबाट ठुलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।

सडकमा खसेको उक्त ठुलो ढुंगाको केहि भाग फुटालेर सानो गाडीहरु पास  भएपनि ठुलो गाडी  बिचबाटौमै रोकिएका छन्।  बझाङ्गबाट बाहिरिने र बझाङ्ग जाने ठुला गाडीहरु रोकिदा यात्रुहरु अलपत्र परेका हुन् । 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update