Sagun Khabar
बैतडीको दनपाका हाकिम भुजेलको सरुवा, तामाको गाग्री लगेर गए

बैतडी- बैतडीको  दशरथचन्द नगरपालिकाका हाकिम भुजेलको सरुवा भएको  छ । नगरपालिकामा कार्यरत  हाकिम हरिबहादुर भुजेलको बागलुङको   जयमिनि नगरपालिका  सरुवा भएको  हो ।

प्रमुख प्रशासकीय अधिकृत  भुजेलको तीन महिनामै  सरुवा भएको  छ । पोखराको  रुपा गाउँपालिका घरभएका   भुजेल जेठ १२ गते दशरथचन्द नगरपालिकामा हाकिमको रुपमा  हाजिर भएका थिए । सरुवा भएर गएका भुजेलको  नगरपालिकाले  बिदाई  गरेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

आइतबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर उनको बिदाई गरिएको नगरपालिकाका सूचना अधिकारी राज बहादुर विष्टले  बताए । नगरपालिकाले  उनलाई  फोलो (पानी राख्ने तामाको गाग्री ) दिएर  पठाएको छ ।  मायाको  चिनो स्वरुप तामाबाट निर्मित पानी भर्ने गाग्री  दिएर पठाएको  सूचना अधिकारी  विष्टले बताए ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले उपसचिव भुजेललाई दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो । दशरथचन्द नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्द अनिवार्य अवकाशमा परेपछि नगरपालिका हाकिम विहिन बनेको थियो । फेरी अहिलेका हाकिमको  पनि  सरुवा भएपछि नगरपालिका हाकिम विहिन भएको  छ ।   

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update