बैतडीः धार्मिक र पर्यटकीय स्थलको अद्भुत संगम
सोमबार, फागुन ५, २०८१
बैतडीको इतिहास पनि गौरवमय छ । यो जिल्ला नेपालको स्वतन्त्रता र संघर्षको एउटा महत्वपूर्ण केन्द्र रहेको छ । शहीद दशरथ चन्दको जन्मस्थान यहीं पर्दछ, जसले राणा शासनविरुद्ध आफ्नो जीवन बलिदान दिएका थिए । उनको जन्मघरलाई ऐतिहासिक स्थलका रूपमा संरक्षित गरिएको छ, जसले पर्यटकलाई प्रेरणा दिने काम गरिरहेको छ ।
भिरमा हराएको जीवनः श्रीमानको वेदना र एउटा टुहुरो बालकको भविष्य
सोमबार, फागुन ५, २०८१
दिपाका ८ महिनाका छोरा, जो अहिले आमाको दूधमा निर्भर थिए, अब अचानक मातृस्नेहविहीन भए । आमाले माया गर्न नपाउने, बोकेर सुम्सुम्याउन नपाउने त्यो नाबालकको भविष्य के होला? एक बच्चाका लागि आमा केवल पालनपोषण गर्ने व्यक्ति मात्र होइनन्, उनी बालकको पहिलो गुरु, पहिलो सुरक्षा, र पहिलो स्नेहको प्रतीक हुन् । अब...
आमाको शवसँग एक्लिएका छोराः जातीय विभेदको कठोर यथार्थ
आइतबार, फागुन ४, २०८१
आफ्नै आमाको शव उठाउन मानिस नपाउँदा प्रकाशले गाडीको खोजी थाले। दिनभरि प्रयास गर्दा पनि कुनै गाडी सहजै पाइएन। स्थानीय बासन्त विश्वकर्माले साँझ आठ बजेतिर आफ्नै ट्र्याक्टर दिने सहमति जनाएपछि बल्ल मानाको शव घाटसम्म पुर्याउने सम्भावना बनेको थियो।
बैतडीको खोड्पेमा ट्रमा सेन्टर ५ वर्षदेखि अलपत्रः सञ्चालनको अन्योलले स्वास्थ्य सेवा प्रभावित
बुधबार, माघ २३, २०८१
ट्रमा सेन्टर सञ्चालनका लागि आवश्यक उपकरण तथा चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गरिनुपर्ने स्थानीयको माग छ। प्रदेश सरकार र संघीय सरकारले शीघ्र पहल नगरेमा स्वास्थ्य सेवाबाट बञ्चित हुने नागरिकहरूको पीडा थपिने देखिन्छ। स्थानीय तहको पहल तथा सरोकारवालाबीच समन्वय गरी ट्रमा सेन्टरलाई शीघ्र सञ्चालन गर्न आवश्यक रहेको छ।
कञ्चनपुरको दशगजा क्षेत्रमा सीमा विवादः भारतीय पक्षद्वारा खेती हटाइएपछि स्थानीयको विरोध
बुधबार, माघ २३, २०८१
नेपाल–भारत सीमा विवाद पुरानो भए पनि हालैको घटनाले पुनः चर्किएको छ । दशगजा क्षेत्रमा नेपाली तथा भारतीय किसानहरूले खेती गर्दै आएका थिए । तर, भारतीय पक्षले सात मिटर भारततर्फ र तीन मिटर नेपालतर्फ खेती हटाउने निर्णय लिएको छ । भारतीय पक्षको यो कदमले सिमाना व्यवस्थापनको प्रक्रियामाथि नै प्रश्न उठाएको छ...




