Sagun Khabar
बैतडी अस्पतालका चिकित्सक पनि आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द 

बैतडी –जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सकहरु पनि आन्दोलित भएका छन् । हेटौंडास्थित सञ्चो अस्पतालका डा.विकास थापा र डा. प्रशान्त बिडारीमाथि सांघातिक आक्रमण भएको भन्दै दोषीलाई कारवाहीको माग गरेर चिकित्सकहरु आन्दोलनमा उत्रेका हुन् । 

अस्पतालमा कार्यरत डाक्टरहरुमाथि भएको आक्रमणको निन्दा गर्दै बैतडी अस्पतालमा कार्यरत चिकित्सकहरुले आज कालोपट्टी बाँधेर विरोध गर्नुका साथै स्टेथस्कोप जिल्ला प्रशासन कार्यालयमा बुझाएको डा. धिरज जैसवालले बताए । 

डाक्टरहरुमाथि लामो समयदेखि आक्रमण हुँदै आएकाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सुरक्षाको प्रत्याभूती नहुँदासम्म बिरामीको चेकजाँच गर्न नसिकने चिकित्सकहरुले  प्रशासनलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ । 

जिल्ला अस्पताल बैतडीमा भोलि(शुक्रबार)देखि आकस्मिक बाहेकका सबै सेवा बन्द रहने निर्णय भएको डा. जैसवालले जानकारी दिए । दोषीमाथि कारवाही नहुँदा सम्मका लागि आन्दोलनका कार्यक्रम तय भएको बिषयमा स्थानीय प्रशासनलाई समेत जानकारी गराइएको छ । 

चिकित्सकहरुले आफूहरुलाई कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनपर्ने माग गरेका छन् । जिल्ला अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द रहने भएपछि बिरामीहरु भने मार्कामा पर्ने देखिएका छन् । 

Dr1694683565.jpg

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update